Section 35
सूची प्रकाशन गर्नु पर्ने
(१) प्राधिकरणले इजाजत प्राप्त ब्रीमकको अद्यावधिक सूची प्रत्येक तीन महिनामा कम्तीमा दुई वटा राष्ट्रिय स्तरको दैनिक पत्रिका र प्राधिकरणको वेबसाइट मार्फत सार्वजनिक गर्नु पर्नेछ। (२) उपदफा (१) बमोजिम सार्वजनिक गरिने सूचीमा बीमकले कारोबार प्रारम्भ गरेको मिति, चूक्ता पूँजी, बीमाशुल्क, दाबी तथा प्राधिकरणले निर्धारण गरेका अन्य विवरणहरू समावेश गर्नु पर्नेछ।